साउन ३ – बलिउडका पहिलो सुपरस्टार राजेश खन्नाको आज ६९ वर्षको उमेरमा निधन भएको छ ।

खन्नाको मुम्बईस्थित उनको निवास आशिर्वादमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

केही समय यता गम्भीर बिरामी रहेका खन्ना पटक–पटक अस्पताल भर्ना हुँदै आएका थिए । गत शनिबार लिलावती अस्पतालमा भर्ना भएका उनलाई चिकित्सकले मंगलबार डिस्चार्ज गरेका थिए ।

खन्नाले १९६० र ७० को दशकमा पर्दामा रोमान्सलाई नयाँ पहिचान दिएका थिए । उनलाई भारतीय पहिलो सुपरस्टार मानिन्छ ।

राजेश खन्ना एक ट्यालेन्ट हन्ट प्रतियोगिताको विजेता बनेर बलिउडमा प्रवेश गरेका थिए । युनाइटेड प्रोड्युसर्स र फिल्मफेयरले सन् १९६५ मा आयोजना गरेको ट्यालेन्ट हन्टमा १० हजारभन्दा बढी सहभागीलाई पछि पार्दै खन्ना विजेता बन्न सफल भएका थिए ।

राजेश खन्नाको सन् १९६९ देखि १९७२ को बीचमा लगातार १५ फिल्म हिट भएका थिए ।

उलने फिल्म जगतका साथै ९० को दशकमा राजनीतिमा पनि हात अगाडी बढाए त्यसो त उनी १९९१ मा कांग्रेसबाट संसद् सदस्य समेत बन्न सफल भएका थिए ।

राजेशका तीन छोरी र दुई छोरा छन् । उनको सम्बन्ध विच्छेद नै भए पनि बिरामी भएकाले पत्नी पनि सँगै रहेकी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।