साउन ३ – वैदेशिक रोजगारमा साउदी अरब गएका सप्तरीका एक युवकको मृत्यु भएको छ ।
घोघनपुर–४ निवासी मो महमुद मियाँका ३८ वर्षीय छोरा हकिमको साउदी अरबमा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।
साउदी अरबस्थित अलकपी धात्मा मोहम्मदिन अब्दुल्ला अल कतानी कम्पनीमा कार्यरत हकिमको शव उनको कोठामा फेला परेको बताइएको छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित वल्र्डवाइज म्यानपावर कम्पनीमार्फत डेढ महिना अगाडि मात्र हकिम त्यता गएको पिता महमुदले बताए ।
रु एक लाख खर्चेर गएका हकिमका दुई छोरा र दुई छोरी छन् । हकिमको मृत्युपछि उनलाई नेपाल ल्याउन नसक्दा अन्तिम संस्कार भएको छैन । बुढेसकालमा छोराको मृत्युले निकै आघातमा पर्नुभएका पिता महमुदले छोराको शव झिकाइदिन सरकारसँग माग गरेको रासस खबरमा उल्लेख छ ।
|
Comments