यहाँ ढंगले भन्दा अंगले प्राथमिकता पाइरहेछ
त्यसैले त आजकाल अंग फेर्न मन लागिरहेछ ।
Writer: Luitel Dinesh

बाफरे बाफ…पुरुष प्रधान समाजमा पुरुष भएर काम गर्न कति कठिन छ । त्यो पीडा पुरुषलाई नै थाहा छ । बाघले सिकार खोज्छ । प्लसले माइनस खोज्छ । भोकले खान खोज्छ । अशान्तिले शान्ति खोज्छ । पुरुषले महिला खोज्छ । युवाले युवती खोज्छ । युवतीले युवा खोज्छे । कोही एक्लो पूर्ण हुँदैन  । सबै खोज्नमै व्यस्त हुन्छन् । अफिसमा गए हाकीमले काम खोज्छ । महिनादिन पुगेपछि कामदारले दाम खोज्छ । अवश्य एउटा हाकीमले राम्री कामदार महिला खोज्छ….।

जो उसका अगाडि मीठो मुस्कान देओस, पोटीलो शरीर होस् । चिल्ला गाला हुन । आँखामा गाजल कहिल्यै नटुटोस् । त्यसको मुख भर्खरै बाख्रा खाएको बाघको जस्तै होस्, रातो, राम्रो र रमिते । उत्ताउलो बोलोस् । मेकपले तडकभडक देखियोस्..यस्तै यस्तै ..
अंग र ढंगमा चर्चा गर्ने जमर्को हुँदै छ । अंग हो ! अंग ! भाले अनि पोथी । हाकिमलाई चाहिएको पोथी किनकी यहाँ धेरै हाकीम भाले छन् ।  महिलाको अंग ! पुरुषको अंग ! पुरुष राम्रै हुँदैनन ? किन संसारमा सुन्दरताको कुरा गर्ने बित्तिकै महिलाकै कुरा आउँछ । हिन्दु धर्म शास्त्रले त्यही भन्यो… । अनि विश्व ग्ल्यामरमा त्यही भनिदैछ……खोई कोही पुरुष राम्रा छैनन् ? किन पुरुषको रुपको चर्चा कम हुन्छ ? के पुरुषको छाती चिल्लो भएकाले नै पुरुष सुन्दर नभएको हो ? के पुरुषले पूर्ण रुपमा कपडा लगाएकाले नै पुरुष सुन्दर नभएका हुन ? किन हाकीमहरु केटीलाई मात्र राम्रा देख्छन् ? हाकिमको ध्येय महिला कामदारलाई छेउमा राख्नु, उनीहरुसँग घन्टौँ कुरा गर्नु, उनीहरुलाई स्पर्श गराउँनु र गर्नु । के पुरुषले चाँहि काम मात्र गरोस् । हाकीम सँगै कुरै नगरोस भन्ने मानसिकता हो पुरुष हाकीमहरुको ? हाकीमका पापी आँखा फुटाई दिऊँ ? के राम्री केटी देख्ने बित्तिकै आफ्नै श्रीमती बनाउँने ? अनि श्रीमतीसँग समय मागे जस्तै समय मागी रहेने । समयसँगै अनि के के पनि माग्ने ? माग्न मिल्ने पनि माग्ने, नमिल्ने पनि माग्ने । अनि आँखा घुमाई हाल्ने । एकछिन भए पनि हात मुसारी हाल्ने । थोरै भए पनि स्पर्श गरिहाल्ने । जसोतसो इमोसनमा ल्याइदिहाल्ने । जसोतसो गुरुवा उसैउसै स्वाहाँ बनाई हाल्ने । मिल्यो भने उसको परिवारका सदस्यलाई समेत अनेक धुप लगाई हाल्ने । ताल परे चिमोल्टे । झुक्याएर स्पर्श गर्ने । जे होस् त्यसलाई भोग गर्न खोज्ने ? यो अत्याचारी मानसिकता पुरुष प्रधान समाजका प्रत्येक पुरुषमा छ । प्रत्येक कार्यालयका हाकीमले महिलामाथि शोषणा गरेका छन् । प्रत्यक्ष रुपमा वा परोक्ष रुपमा । यस कुरालाई कति महिला दिदीबहिनीहरुले हाकीमको आफ्नो हुन आत्मासमर्पण गरेर स्वीकारेका छन् भने कतिपय दिदीबहिनीले बाध्य भएर कष्टपूर्ण जागिर खाइरहेका छन् । समय दिए काम पनि नचाहिने, जति गल्ती गरे पनि गल्ती नहुने । जे जे भए पनि राम्रै हुने । हाकीम कामलाई सम्मान गर्दैन अंगलाई अंकमाल गर्छ । समानलिङ्गीलाई लात्तले हान्छ । विपरीत लिङ्गीलाई चुम्बन दिन्छ ।
लाग्छ हाकीमले कार्यालयमा महिला कोटा मात्र खुला गर्नु नि ! किन पुरुष कोटा खोलेर पुरुष कर्मचारी हुलेको ? हाकीमले काम हेरेन अंग हेर्यो । उजुरी गरौँ ? सरकारी अखडा होइन आफ्नै जागिर चट् । भोलीदेखि गाउँमा हलो जोत्न गए भइ हाल्छ । त्यति नगरे साहुँले घर बाट निकाल्छ । कलेजले कलेजबाटै निकाल्छ । संस्थाबाट लेबी तिर्न नसक्ता साथीले निकाल्छन् । टाउँको ठोको काम गरो । हाकीमका प्रत्येक दिनका सेक्सुअल फिल्म हेर्यो बस्यो । संकटमा पुरुष कामदार मुख फोरौँ भने जागिरको लोभ । पुरुष हाकिमको टोकसो आफ्नै काँधमा काम गरे पनि आयो नगरे पनि आयो । पुरुष कामदाको सम्मान गर्न नसक्नेले किन खोल्नु पुरुष चाहिने अफिस ? चलाउनु नि हो बेड सिनका अफिस ? किन मिडिया खोलेर राम्रा कुमारीलाई काउँकुचीमात्र लगाउँछौँ । इन्सिच्युट खोलेर बुढो गोरु कोरलीहरुको पछि लाग्नु ? पुरुष कामदारका आक्रोश यस्तै हुन्छन् । दाह्रा किटेरै आक्रोशलाई मत्थर पार्छन । समाजलाई सूचना दिने नाममा कार्यालय खोलेर किन अर्कै कर्म गर्नु हो हाकीम ?
पत्रकारितको बढ्दो पर्चाकारीता र जोर्नालीजमको बढ्दो चोर्नालिजमको बजार बढ्दो छ । यही कुराले व्यवसाहिकतर्फ बामे सर्दै गरेका विकासोन्मुख मुलुकलाई त कप्लक्कै खाएका छन् । सिद्धान्त एकातिर पढ्यो व्यवहार अर्कै चलायो । हाकीमका स्वास्नी जस्तै दिनभरी स्टाफ महिलासँग मस्त रात परेपछि श्रीमतीका कोठीमा अझ ढुक्क । अफिसमा महिनै पिच्छे केटी फेरिन्छन् । नयाँ पनि चाखिने मान्छे पनि साटीने ? क्या मजा छ हो यी हाकीमलाई होइन प्रभु मलाई पनि हाकीम बनाइ देउँ न…म पनि राम्रा राम्रा केटीलाई जागिर दिएरै भए पनि दिनभरी दिनभरी अंगालोको मारेर बस्थे हो ?
हाकीम अनेक छन् । केटीसँग मात्र कुरा गर्ने ? किन प्रत्येक अफिसका हाकीमहरुले सँगै काम गरिरहेका महिलाकामदारलाई आफ्ना कोठामा घन्टौँसम्म राखिराख्छन् ? के उनीहरुका बिचमा मात्र अफिसका कुरा हुन्छन् ? हाकीम सँग घन्टौ बसेर महिला सहकर्मीले के कुरा गर्छन् ?
महिला सहकर्मीसँग हाकीमले अनलाईन च्याट नै गर्न थाले भने कम्तिमा १ घन्टा गर्छन बढीमा दिनजान्छ । रात जान्छ तर त्यो कुराकानी सकिदैन । तर पुरुष कर्मचारीसँग पाँच मिनेटमा संसार ओल्टाइ पल्साइ अन्य हजार काम अह्राउँन भ्याउँछन् मालिकले । मालिक केटीमा के जाँदु पाउँछन् र जत्तिखेरै केटीसँग मात्र कुरा गर्न चाहन्छन् ? के कामकै कुरा गरेका हौँ भने त्यो भन्दा बढी पुरुष कामदारले पनि काम गरेकै होलान नि ? हाकीम केटीलाई मात्रै चाटिरहन्छन तर केटालाई त थुकी मात्र रहन्छन् । हाकिमको मन साच्चै स्वच्छ छ ? के त्यो महिला सहकर्मी साथीलाई सकारात्मक सोचका साथ भेटिरका छन् हाकीमले ? के त्यो साथीको कामको मूल्याङ्कन भइराखेको छ ? हाकिमका निसानामा त्यसका स्तन, त्यसको मुस्कान, त्यसका दाँत, त्यसका हात, त्यसका खुट्टा अनि स्कटको च्यापबाट निस्किएको काछीलाई मात्र मात्र परिरहेका त छैनन ? पुरुष कामदारका साना गल्तीमा गाालीका बर्षा हुन्छन् ।  ठिक छ गल्ती कसैले गर्नु हुँदैन । गल्ती गरेपछि गाली खाइन्छ । त्यसमा पुरुष कामदारले पनि केही भन्नु हुँदैन, आफ्नो गल्ती सच्याउन तर्फ लाग्नै पर्छ । प्रश्न यो हो महिलाकामदारका गल्ती भए गाली आउँदैन । पुरुष कामदारको गल्तीमा भने गालीसँगै मासिक तलबबाट  पैसा समेत काटिन्छ । महिला कामदारका गल्ती त उसलाई एकपटक मुर्सादैमा सफायमा पुग्छन । हजारौँ गल्तीलाई त हाँसेरै उडाइन्छ ?
बाबु आमालाई के दोष दिउँन यी पुरुष कामदारले । जन्मिदै लाम्चो परेको अंग झुन्डिएको रहेछ । आमाबाले समेत त्ययतिखेरै थाहापाउँनु भयो । यी हाकीमकै माया पाउँन र मुस्कान देख्न त अंग झुन्डिएको भन्दा टासिएकै भए राम्रो हुन्थ्यो । यो छातीमा जवानी पुग्दै गएपछि गोला गोला आकारका साना साना नास्पाती पलाएकै भए हाकीमलाई सधैँ खुसी पारी पारी मासिक तलब कुम्ल्याउँन सकिन्थ्यो । तलब पाउँदा पनि पुरै तलब पाइन्थ्यो । समाचार लेख्दा छिटपुट भएका गल्तीको तलब काटिने थिएन । होटलमा तलकारीमा नुन नलागे पनि छुट पाइन्थ्यो । लाएको परफिमको  गन्धले हाकीम लट्ठ पर्थे । हाकीम सधैँ छेउमा आएर तिमी कती राम्री ? अनि के को बास्ना आएको तिम्रो छेउँमा भनेर सोधिरहन्थे । मोटा चिल्ला र पोटिला गालाको चर्चामा कविता फुर्थे होला । गजलका शेर बन्थे होला ? दोहोरी गीत चल्थे होला । अनि स्तनका बारेमा महाकाव्यै लेखिन्थे होला ? कहिले काही त गुप्ताङ्गकै बारेमा मुक्तक पनि फुर्थे होला ? अनि सधैँ काम र दामको हिसाब किताब मात्र नभएर ज्यानको हिसाब किताब पनि हुन्थ्यो होला ? सधैँ हाकीम भनेर डराउनु पर्ने थिएन होला ? हाकीमकै कुर्सीको छेउमा बस्न पाउथे होला । अनि हाकीमलकै काखमा तानिन्थे होला । सधैँ बचन खाइरहेका मुखलेले दिएको चुम्बन पनि पाउथे होला । अनि उसको मुखले कहिले काही मेरो जिब्रो पनि चुस्थ्यो होला । थुइया पुरुष कामदार ?  हाकीमको आफ्नो हुन त महिलै हुनु पर्ने थियो ।
फेरि कहिलेकाही त हाकिमकै विस्तारमा गएर एक्लै पल्टिन पनि सक्थे होला  । हाकिम एक्लै आएर पुस माघमा सिरक ओढेर सुते जस्तो सुतेकै ठाउँमा घप्लक्क छोपेर सुत्थ्यो होला ? त्यो अनुभूति  खोइ ? आनन्द….हाइ सन्चो….ओछ्यानमै उनले मेरो..चुसेर मलाई कति आनन्द दिन्थे होला….। अनि घन्टौसम्म हाकिमकै विस्तारमा बेला हाकीममाथि…बेला..ममाथि हाकीम भएर समय काट्दाको अनुभूति पनि लिन्थे होला यी पुरुष कामदारले ? त्यो संसार कस्तो हुन्थ्यो होला ? मात्र लिंग अर्को भइदिएको भए यो सबै सम्भव थियो ? बिडम्बना अंगै हाकीमको भइदियो, छाती हाकीमकै भइदियो । सबै एक । यो पुरुष समाजमा । होइन आधुनिक चिकित्सा के त हाकीमलाई मन पर्ने बनाइदिन सक्दैनस ? यदि सक्छनस् भने सबै पुरुष कामदार हाकीमलाई मन पर्ने बन्न तयार छन् । आइज न हो बनाइ दे । कति खर्च लाग्छ त्यो त हाकीमसँग मजा गरेको दुई चार महिनामै कसो चुक्ता नहोला र ?
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।