असार ३०- चीनको प्राथमिकतामा परेको नेपालको कम्युनिष्ट पार्टी नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा भोली चीन जाने भएका छन् ।
नव गठित माओवादी पार्टी अध्यक्ष वैद्यलाई चिनियाँ कम्युनिष्ट पार्टीले निमन्त्रणा गरेको हो । पार्टी विभाजनको केही हप्तापछि नै हुन लागेको वैद्यको भ्रमणलाई नेपालको राजनीतिक परिदृश्यमा महत्वकासाथ हेरिएको छ भने चीनको कम्युनिष्ट पार्टीले समेत वैद्यलाई महत्व दिएको छ ।
वैद्यको भ्रमणमा कम्युनिष्ट पार्टीका बारेमा छलफल हुनुका साथै दुई देशको सम्बन्ध बारे कुराकानी हुने माओवादी प्रवक्ता पम्फा भुसालले बताएकी छन ।
वैद्य चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका तर्फबाट नेपाल भ्रमणमा आएका विदेश विभाग उपमन्त्री आई पिङको निमन्त्रणामा चीन जान लागेका हुन ।
|
Comments