आसर ३०- नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले गृहमन्त्रीले मधेसी मुलका गृहमन्त्रीले मधेसी जनताको सुरक्षामा गर्न नसकेको आरोप लगाएकी छन् ।

शनिबार लहानमा क्षेत्रीयस्तको जिल्ला प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ कोइराललाले भनिन ‘हत्या, अपहरण, चन्दा, फिरौती, डकैतीले मधेस निसासिँदा पनि गृहमन्त्री मधेसी जनताको पक्षमा सिन्कोसम्म भाच्न सकेको छैन,’ कोइरालाले विजयकुमार गच्छदार गृहमन्त्री भएपछि मधेसमा सुरक्षा व्यवस्था फितलो बन्दै गएको समेत आरोप लगाएकी छन् ।

गृहमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको चर्को आलोचना गरेकी नेतृ कोइरालले मधेसी मुलको गृहमन्त्री भएर मधेसमै सुरक्षाको व्यवस्था गर्न नसक्नेले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताइन ।

नेतृ कोइरालाले पुलिस प्रशासन जनताको सुरक्षामा भन्दा भ्रष्टचारमा लिप्त भएकोे ठम्याइ छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।