असार ३० – एकीकृत नेकपा माओवादीको सातौँ विस्तारित बैठकमा १ करोड हुने भएको छ ।
साउन १ गते हुने विस्तारित बैठकमा ५ हजार कार्यकर्ता सहभागी हुने र सो बैठक सम्पन्न गर्न १ करोड खर्च हुने भएको हो ।

विस्तारित बैठक मुल आयोजक समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरेर देश तथा विदेशसहित गरेर पाँच हजार सहभागी हुने बताएको हो ।

विस्तारित बैठक साउन १ गतेदेखि राजधानीको भृकुटी मण्डपमा हुने छ ।

मुल आयोजक समिति संयोजक कृष्ण बहादुर महराले बैठकका लागि हल व्यवस्थापन, आवाश, यातायात, सुरक्षा, प्रचार प्रसार, आन्तरिक, आर्थिक, स्वास्थ्य तथा सरसफाई उपसमिति गठन गरिएको बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।