असार ३० – एकीकृत नेकपा माओवादी पार्टी फुटेपछि पोलिब्यूरो पाउने आशामा वैद्य नेतृत्वको नेकपा माओवादीमा लागेका एक जना केन्द्रिय सदस्य आफूले खोजेको पदमा बार्गेनिङ गर्दा पनि नपाए पछि आज पुनः एमाओवादीमै फर्किएका छन् ।

पार्टी फुटसँगै नवगठित नेकपा माओवादीमा पदको लागि लागेका केन्द्रिय सदस्य कृष्ण कुमार राई आज वैद्य पक्ष जडसुत्रवादी भन्दै तथानाम गाली गरेर पुनः एमाओवादीमा फर्किएका हुन् ।

नेकपा माओवादीका एक जना केन्द्रिय सदस्यका अनुसार उनी कुनै विचार र आस्थाका आधारमा भन्दा पनि पोलिटब्यूरो सदस्य पाउने आशामा पदकै लागि पछि लागेका थिए । तर माओवादीमा त्यस्तो कहीँ नहुने देखेपछि उनले वैद्य समुहलाई गाली गलौज गर्दै पुनः माओवादीमै फर्किएका हुन् ।

ती सदस्यले त अझै राईको राजनीतिक इतिहास हेर्दा पनि त्यो प्रष्ट हुने बताएका छन् । राई दुई वर्षअघि नवजनवादी मोर्चाबाट एमाओवादीमा प्रवेश गरेका थिए ।

उनी पार्टी फुटेपछि पोलिटब्यूरो सदस्य पाउने आशामा नयाँ पार्टीमा लागेपनि उनले त्यहाँ त्यो पद नपाएपछि आज पत्रकार सम्मेलन गरेर पुनः एमाओवादीमै फर्किएको घोषणा समेत गरेका थिए ।

सो क्रममा उनले मोहन वैद्य नेतृत्वको माओवादी जडसुत्रवादी भएको आरोप समेत लगाएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।