असार २८–  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक कुरा गर्नु भन्दा मन्दिरमा गएर ध्यान गरेर बस्न सुझाव दिएका छन् ।

आज प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले भने ‘स्वर्गद्वारी मन्दिर या अन्य कुनै धार्मिक स्थलहरुमा पुगेर ध्यान गरेर बसे हुन्छ शाहले’ । त्यस्तै नेपालले भने ‘ज्ञानेन्द्र शाहले राजनीतिक कुरा गर्नुभन्दा धार्मिक कर्म गर्नु नै उपयुक्त हुनेछ’ ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ज्ञानेन्द्रले हुँदै नभएको सहमतिको कुरा गरेर राजनीतिक दलमाथि ज्ञानेन्द्रले अविश्वासको वातावरण बनाउँन खोजेको समेत आरोप लगाएका छन् । नेपालले प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयमै राजीनामा नदिए उनको हालत समेत ज्ञानेन्द्रको जस्तै हुने चेतावनी समेत दिएका छन् ।

एमालेको राप्ती अञ्चल स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका नेपालले प्रधानमन्त्रीले राजीनामा नदिए देशव्यापीरुपमा आन्दोलनको घोषणा गर्ने समेत बताएका छन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।