असार २६ – प्रधानमन्त्री पत्नी हिसिला यमीले दलीय प्रणाली असफल भएकाले राजतन्त्र फर्कन सक्ने धारणा व्यक्त गरेकी छन् ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा एमाओवादी पोलिटब्यूरो सदस्य समेत रहेकी यमीले दलीय प्रणली असफलतिर लम्केकाले असफल भए ज्ञानेन्द्र फर्कन सक्ने बताइन् ।

दलहरु सत्तामा मात्रै केन्द्रित हुँदा पूर्वराजालाई फाइदा पुगेको उनले टिप्पणी गरिन् ।

कांग्रेस र एमाले सत्तामा मात्रै केन्द्रित भएको र उनीहरु सहमतिका लागि लचिलो नबन्ने हो भने देशले ठूलो क्षति समेत बेहोर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा उनले शान्ति र संविधानका विषयमा प्याकेजमा सहमति भए प्रधानमन्त्रीले तत्काल राजीनामा दिने बताईन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।