असार २६ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राजतन्त्र फर्किने दिवा स्वप्न नदेख्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएकी छन् ।
उनले नेपालमा कुनै पनि हालतमा राजतन्त्र फर्कन नसक्ने दाबी समेत गरिन् ।

आज विराटनगर पुगेकी नेतृ कोइरालाले पत्रकारहरुसँग छोटो कुराकानी गर्दै राजतन्त्र राख्ने सम्बन्धमा सात दल र ज्ञानेन्द्र शाहबीच कुनै लिखित सम्झौता नभएको पनि स्पष्ट पारिन् ।

उनले त्यस्तो सम्झौता नभएको भन्दै अब बेबी किङ राख्ने सम्भावना पनि नरहेको समेत बताईन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।