२६ असार । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बारा जिल्ला कार्यसमितिले आफ्ना १४ जना पदाधिकारीलाई साधारण सदस्यसमेत नरहने गरी पदमुक्त गरेको छ ।

फोरम (लोकतान्त्रिक) बाराका अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षतामा आइतबार बसेको बैठकले पार्टीको विधान र नीति, निर्देशनविपरीत कार्य गरेको हुँदा उनीहरुलाई पदमुक्त गरिएको जारी विज्ञप्तिमा जनाइएको छ ।

यसरी पदमुक्त हुनेहरुमा उपाध्यक्षद्वय महन्थ साह र समसा खातुन, सचिव धर्मेन्द्र साह, कोषाध्यक्ष उर्मिला जयसवाल र सदस्यहरुमा मनोज चौरसिया, अनवर अन्सारी, प्रदीप यादव, लक्ष्मी साह, दिपु साह, कुमारबाबु यादव, उपेन्द्र साह कानु, कौशल यादव, रामबालक सिंह र अजहर मन्सुर रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।