असार २५ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल चारदिनदेखि सम्पर्क बिहीन भएपछि उनलाई पार्टीले कारबाही गरेको छ ।

उनलाई पार्टीले नेवा राज्य समिति सदस्यबाट निलम्बन गरेको हो ।

प्रकाशसँगै सरस्वती क्याम्पसकी स्ववियु सभापति बिना मगरको नाम जोडिएरपछि उनलाई पार्टीबाट कारबाही गरिएको हो । उनीहरुसँगै भागेको भन्ने बुझिएपनि पुष्टि भने भएको छैन ।

एमाओवादीका पार्टी प्रवक्ता दीनानाथ शर्माले सार्वजनिक रुपमा उनको काम कार्यप्रति प्रश्न उठेकाले उनर्ला छानबिनका लागि निलम्बन गरिएको बताए ।
यो पनि पढ्नुहोस्
प्रचण्डपुत्र प्रकाशको बिनासँगको रोचक सगरमाथा लभ डायरी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।