असार २४ – मातृका यादव संयोजक रहेको नेकपा माओवादीले आज एमाले अध्यक्ष झलनाथ खनालको घर घेराउ गरेको छ ।

सो पार्टीले ठूला दलका ठूला नेता शान्ति, संविधान र अग्रगमनविरोधी भएको भन्दै तिनका निवास घेराऊ अभियान थालेको हो ।

संविधानसभा भंग गरेर ठूला दलले जनविरोधी काम गरेको भन्दै उनीहरुले राज्यकोषबाट लिएको सबै सुविधा फिर्ता गर्नुपर्ने माग गर्दै यस्तो अभियान थालेको हो ।

ठूलादल र नेताहरु सत्ता लिप्सामा लागेकाले नेताहरुको खवरदारी गर्नु परेको उनीहरुको भनाई छ ।
मुलुकमा भ्रष्टाचार, महंगी, कालोबजारी बढेर आकाश छुँदा पनि नियन्त्रण नगरेको भन्दै उनीहरुले ध्यानाकर्षण समेत गराए ।

अभियान अन्तर्गत भोलि कांग्रेस सभापति र एकीकृत माओवादी अध्यक्षको निवास घेर्ने माओवादीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।