असार २४ – नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्दले हतियार चलाउन जान्ने सेना बाहिर रहनु भनेको चानचुने कुरा नभएको टिप्पणी गरेका छन् ।

उनले जनमुक्ति सेनालाई अममानजनक ढंगले बाहिर निकाल्नु सरकारको गम्भीर भूल भएको भन्दै उनले प्रमाणीकरणमा परेका २२ हजार लडाकुलाई अपमानित गरेको बताए ।

क्रान्तिकारी पत्रकार संघ पाल्पाले आज तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दसवर्षे जनयुद्ध लडेका २२ हजनार सेना बाहिरिनु दुःखद भएको टिप्पणी गरे ।

हतियार चलाउन जानेका र अनमिनले प्रमाणीकरण गरेका सेनालाई समेत निकाल्नु नै भुल भएको भन्दै कार्यक्रममा उनले यो गम्भीर विषय हो भन्ने बुझ्न नसक्दाको परिणाम राम्रो नहुने बताए ।

यस्तो गम्भीर विषयलाई कांग्रेस एमालेले पनि बुझ्न नसक्नु दुर्भाग्य भएको उनको भनाई छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।