नेपाली चलचित्र फाटमा बेअर्थका चर्चाले मात्रै नभएर शान, काम र दामले पनि कहलिएकी नायिका रेखा थापाबारे पछिल्लो पटक एउटा खबरले पाठकहरुलाई ध्यान तान्न थालेको छ ।

त्यो खबर त्यस्तो ब्रेकिङ खालको त होइन त्यही पनि रोचक नै मान्न सकिन्छ । कुरो केही महिना अगाडी प्रचण्डपुत्र प्रकाश दाहालहरु सगरमाथा चढ्दा बखतको हो ।

जुसबेला रेखा थापाको सगरमाथा चढ्ने धोको रहेको तर त्यो धोको पूरा नभएको खबर अहिले बाहिर आएको हो ।

उनलाई सगरमाथा चढ्न उक्साउनेहरु पनि धेरै भएको उनी निकटका केहीले बताएका छन् । उनीहरूका अनुसार नायीका रेखालाई सगरमाथा चढ्ने पहिलो नेपाली नायीका बन्न सक्ने भन्दै उक्साईरहेका छन् ।

उनी पनि प्रचण्ड पुत्र प्रकाशसँगै सगरमाथा चढ्न चाहन्थिन् तर कार्यव्यस्तताका कारण सगरमाथा चढ्न जान पाइनन् ।

उनले सगरमाथा चढ्न जानका लागी गर्नुपर्ने तयारी पुरा गर्न करिब एक वर्ष लाग्ने भएकाले उक्त समय निकाल्न सकिनन् ।

उनले आफ्नो यो इच्छा जसरी पनि पूरा गर्ने बताएकी छिन् । हाम्रो पनि उनको धोको पूरा होस शुभकामना ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।