असार २३ – अस्पताललाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन माग राख्दै त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा कार्यरत चिकित्सहरु आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनका कारण आकस्मिक बाहेकका सबै सेवा बन्द हुँदा सेवाग्राही भने मर्कामा परेका छन् ।

अस्पताललाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न माग गर्दै अस्पतालका वरिष्ठ चिकित्सक प्रध्यापक डा। गोविन्द केसी आमरण अनसनमा बसेपछि अरु चिकित्सकले पनि अनसनप्रति ऐक्यवद्धता जनाउँदै हिजोदेखि आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलन थालेका हुन् ।

यसैबीच, रिक्त रहेका पदाधिकारीहरुको नियुक्तिको माग गर्दै आमरण अनसन बसेका प्रा. डा. गोविन्द केसीको अवस्था गम्भीर भएको बताइएको छ ।

पदाधिकारीहरुको नियुक्तिसहितका तीन सुत्रिय माग राखी बिहीबारदेखि अनसनमा बसेका केसीको अवस्था गम्भीर भएको हो ।

यस्तै, आन्दोलनरत चिकित्सकहरुले समस्या समाधानका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ध्यानाकर्षण पनि गराएका छन् ।

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउ भनि बालुवाटार पुगेका चिकित्सहरुले समय नपाएपछि स्वकिय सचिवलाई ज्ञापनपत्र बुझएर फर्किएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।