असार १३ – एकीकृत नेकपा माओवादीमा फुटपछि पेरिसडाडास्थित पार्टी केन्द्रीय कार्यालय नयाँ माओवादीको हुने कि पुरानोको भन्ने विषयमा विवाद र संघर्ष चलिरहँदा अन्ततः कार्यालय नै लिलामीमा जाने देखिएको छ ।

माओवादीले क्यान्टिन र पार्किङका लागि प्रयोग गर्दै आएको १२ आना २ पैसा जग्गा धितोवापतको रकम चुक्त नगरेपछि लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले लिलाम गर्ने भएको हो ।

एकसाता भित्र धितोको कर्जा चुक्ता नगरे सहकारी ऐन २०६३ अनुसार लालीगुराँसले धितो लिलाम बिक्रिको प्रक्रिया अगाडि बढाउने अन्तिम चेतावनी सहकारीले माओवादीलाई दिएको हो ।

त्यो जग्गा माओवादीले २०६५ सालमा किनेको भएपनि २०६८ असार ३१ गते भित्र किस्ता बुझाउने सर्तमा धितो राखेको थियो । जग्गा किन्नका लागि माओवादीले १ करोड ६५ लाख ५० हजार लिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।