असार १३ – राजधानीको नवजीवन कलेज अगाडि लुटेराको समूह बसेको थाहा पाएपछि पक्राउ गर्न गएको प्रहरी टोलिलाई उल्टै आक्रमण गरेपछि प्रहरीले गोलि चलाएको छ ।

लुटेराको आक्रमणमा प्रहरी हवल्दार डिल्लीमान बोगटी र प्रहरी जवान खेमराज गुरौ घाइते भएपछि सुनारले गोली चलाएको हो । तर लुटेराहरु भने त्यहाँबाट भाग्न सफल भएका छन् ।

महानगरीय प्रहरी बृत महारागजञ्जबाट गएको प्रहरीको गस्ती टोली माथि ३ जना लुटेराको समूहले ढुङ्गा मुडा गरेपछि प्रतिरक्षाका लागि गोली चलाइएको प्रहरीको भनाई छ । सो क्रममा असई हस्तबहादुर सुनारले आत्मरक्षाका लागि रिभल्वरबाट ३ राउण्ड गोली हवाई फायर गरेका थिए ।

त्यहाँबाट लुटेरा भाग्न सफल भएपनि उनीहरुलाई बिभिन्न ठाउँमा चेक प्वाइन्ट राखेर पक्राउ गरिएको बताइएको छ ।

पक्राउ पर्नेमा नुवाकोट नर्जाका सुरेश लामा, सामरीका दिपेश लामा र काठमाडौं हिलेटोलका राजकुमार खड्का छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।