असार १२ – संखुवासभामा सडक मर्मत नगरेपनि त्यसको विरोधमा युवाहरुले सडकमै धान रोपेका छन् ।
सडक डिभिजन कार्यालयले सडक मर्मतमा चासो नदेखाएको भन्दै उनीहरुले सडकमै धान रोपेर विरोध जनाएका हुन् ।

खांदबारीस्थित सडक कार्यालय अगाडि हिलाम्मे सडकमा ३ दर्जनको संख्यामा रहेका युवाले बाउसे गर्नुका साथै धान रोपेका हुन ।

सो क्रममा युवाहरुले लगातारको वर्षाले तुम्लिङटार खाँदबारी सडक हिलाम्मे हुँदा पनि मर्मत गर्न चासो नदेखाएको गुनासो पोखेका थिए ।

त्यहाँको सडक लगातारको वर्षाले हिलाम्मे भएपछि तुम्लिङटार–खाँदवारी सडकखण्डका चल्ने सवारी साधन ग्यारेजमा थन्किएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।