असार ९ – दीपक मनाङ्गे, बाघे लामा, कुमार घैंटे, शशि अधिकारी, पञ्चे लामा, चरी भनिने दिनेश अधिकारी, दावा लामा, तेजेन्द्र गुरुङलगायत डनहरुलाई आज बिहान प्रहरीले पक्रेको छ ।

 राजधानीमा शङ्कास्पद गतिविधि बढेको भन्दै प्रहरीले उनीहरुसहित ६४ जना डन र गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

 नेपाल प्रहरीले आज बिहान चार बजेको सर्च अभियानमा ६४ जना डन र गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको र पक्राउ पर्नेहरूमा दीपक मनाङ्गे, बाघे लामा, कुमार घैंटे, शशि अधिकारी, पञ्चे लामा, चरी भनिने दिनेश अधिकारी, दावा लामा, तेजेन्द्र गुरुङलगायत रहेको बताएको छ ।

प्रहरीले उनीहरुबाट खैरो हिरोइनसमेत बरामद गरेको छ ।

प्रहरीले सर्च अभियान जारी राखेको बताएको छ ।

सर्च अभियान जारी रहेकाले बेलुकासम्म पक्राउ पर्नेहरूको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीको भनाई छ ।

पछिल्ला दिनहरूमा राजधानीमा गुण्डागर्दी र अपराधको क्रम बढेको भन्दै प्रहरीले आकस्मिक रूपमा यो अभियान सञ्चालन गरेको हो । यो क्रम निरन्तर एक हप्तासम्म जारी रहने बताइएको छ ।

 समातिएका सवै राजधानीलगायत मुलुकका विभिन्न स्थानमा गुण्डागर्दी र लुटपाटमा संलग्न रहँदै आएका कुख्यात डनहरू रहेको प्रहरीको भनाई छ । एकैपटक ठूलो सङ्ख्यामा डनहरू समातिएको यो पहिलो पटक हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।