बरिष्ठ कलाकार हरिवंश आचार्यले बुटवलकी एकल महिला रमिला पाठकसँग सामान्य समारोहका बीच दोस्रो विवाह गरेका छन् । ५४ वर्षका हरिवंशले बिहीबार बेलुकी ७ बजे सिन्दुर पोते पहिराई बूढानीलकण्ठको रोज भिलेज कोलनीमा १० वर्ष कान्छि रमिलालाई भित्रायाएका हुन् ।
एक छोराकी आमा रमिला १० वर्षअघि श्रीमान् गुमाएपछि एकल जीवन बिताउँदै आएकी थिइन्।
अत्यन्त सामान्य ढंगले सम्पन्न गरिएको वैवाहिक समारोहमा हरिवंशका केही नजिकका इष्टमित्र तथा उनीसँग सहकार्य गर्दै आएका कलाकारहरु नरेन्द्र कंसाकार, राजाराम पौडेल, राजु भुजु, किरण केसीलगायत सहभागी थिए। त्यस्तै रमिलाका आफन्त र नातेदार पनि समारोहमा सरिक थिए।

पत्नी यशोदाको स्वास्थ्य उपचारका लागि बैंककमा रहेका हरिवंशका जोडी मदनकृष्ण श्रेष्ठले त्यहींबाट फोन गरी नवविवाहित जोडीलाई शुभकामना र आशीर्वाद दिएका थिए।
अस्वस्थताका बाबजुद मदनकृष्णपत्नीले पनि नवजोडीलाई बधाई र शुभकामना दिएकी थिइन्।
आफुलाई भन्दा धेरै माया गर्ने उनकी श्रीमती मिरा भाउजुको एक वर्ष ५ महिना अगाडी अचानक निधन भएपछि विक्षिप्त बन्नुभएका हरिबंशलाई उनका छोराहरु त्रिलोक र मोहित, दिदिहरु एव्र अन्य परिवार, कलाकार तथा उनका नजिकका साथि मदनकृष्ण लगायत धेरै कलाकारहरु, शुभेच्छुकहरुले समेत विवाहका लागि जोड दिँदै आएका थिए ।
हरिवंशका २ छोरा र रमिलाका एक छोरी रहेका छन् ।
Comments