असार ७ – आजैदेखि लागु हुने गरी विद्युत प्राधिकरणले लोडसेडिङ एक घण्टा घटाएको छ । यो सँगै अब भने दैनिक ६ घण्टा मात्र बत्ति जाने छ ।
नदीहरुमा जलप्रवाह वढेर विद्युत उत्पादमा सुधार आएको कारण भन्दै प्राधिकरणले १ घण्टा लोडसेडिङ घटाएको हो ।
अब सातामा ४२ घण्टा लोडसेडिङ हुनेछ । अझै ३ सय मेघावाट विजुली आपूर्ति कम भएकाले दैनिक ६ घण्टा लोडसेडिङ् कायम रहने प्राधिकरणको भनाई छ ।
परिस्थिति प्रतिकूल तथा अनुकूल भएमा एक घण्टा लोडसेडिङ थपघट हुन सक्ने पनि प्राधिकरणले सुचनामा उल्लेख गरेको छ ।
यस्तो छ लोडेसेडिङको तालिका :
Comments