उपचारका लागि सिङ्गापुरमा रहेका ६६ वर्षीय शाहको उपचारकाक्रममै आज निधन भएको शाहका सहयोगी मनोज प्रधानले जानकारी दिएका छन् ।
पछिल्लो केही महिनादेखि अस्वस्थ रहेका शाहका दुवै मिर्गौलाले काम गर्न छाडेका थिए ।
विसं २०३४ मा राखेपको सदस्यसचिवमा नियुक्त भएका शाह १० वर्ष सो पदमा रही कार्य गर्नुभएको थियो । पञ्चायती व्यवस्थाको अवसान हुनुभन्दा करिब दुई वर्ष पहिले परिषद् छोडनु भएका शाहको नेतृत्वलाई नेपाली खेलकुदमा उल्लेखनीय उपलब्धिकारूपमा लिइन्छ ।
देशको खेलकुद इतिहासकै सर्वाधिक शक्तिशाली व्यक्तित्व मानिने शाहकै पालामा वि.सं. २०३८ देखि नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना सुरु भएको थियो ।
त्यस्तै, देशभर पूर्वाधार निर्माण, अन्तर्राष्ट्रिय प्रतियोगिता साग, एसियाड र ओलम्पिकका विजेता खेलाडीलाई मोटरसाइकल र नगद रकमसहित सम्मानित गर्ने प्रचलन पनि शाहले सुरु गरेका थिए ।
विशेषगरी शाहकै पहलमा दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करण नेपालमा वि.सं. २०४१ मा सफलतापूर्वक सम्पन्न भएको थियो । उनी राष्ट्रिय सूचना प्रविधि उच्चस्तरीय आयोगका उपाध्यक्ष समेत थिए ।
उनको शव काठमाडौं ल्याउनेबारे परिवारमा छलफल भईरहेको बताइएको छ ।