समाचार भन्दा बाहिरको फोटो

असार ६ – केही समयअघिसम्म ‘यौन’ र ‘प्रजनन’ शब्द सुत्रेबित्तिकै लजाउने किशोरकिशोरी अहिले यसबारे खुलेर कुरा गर्न थालेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय, पर्सा र नेपाल परिवार स्वास्थ्य कार्यक्रमले युवा तथा किशोरकिशोरीका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न थालेपछि जनसङ्ख्या, व्यवस्थापन, प्रजनन स्वास्थ्य एवम् परिवार नियोजनसम्बन्धी कार्यक्रममा उनीहरूको सहभागितामा वृद्धि हु“दै गएको पाइन्छ ।

किशोरकिशोरीहरूको उमेरमा वृद्धिसँगै शरीरको अङ्गहरूमा आउने परिवर्तन र यौन एवम् प्रजनन स्वास्थ्यसम्बन्धी समस्याबारे उनीहरू साथीसङ्गीसँग कुरा गर्नेमात्र होइन अभिभावकसँग सल्लाह गरेर समाधानसमेत गर्न थालेका छन् ।

आफ्नो शरीरका अङ्गहरूमा भएको परिवर्तन र रजस्वला ह“ुदा आफ्नै परिवारका सदस्यहरूलाई भत्र नसकेको तीतो अनुभव सँगालेकी बिरुवागुठी गाविसकी लक्ष्मी श्रेष्ठ अहिले यौन र प्रजनन स्वास्थ्यबारे घन्टौँसम्म बहस गर्नसक्ने भएकी छिन् ।

यौन र प्रजनन स्वास्थ्यबारे खुलस्त भएर निर्धक्कका साथ कुरा गर्ने श्रेष्ठ रजस्वला हुने समयमा महिलालाई हुने गरेको पीडा र परम्परागत विचारका कारण कैयौँ किशोरीको पढाइ तथा शरीरमा बाधा व्यवधान उत्पत्र हुने गरेको बताउ“छिन् ।

यौन र प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावका कारण महिलाको प्रजनन स्वास्थ्यमा समेत ठूलो समस्या पर्ने गरेको नेपाल परिवार स्वास्थ्य कार्यक्रमका अधिकृत रीता लामिछाने बताउनुहुन्छ ।

विद्यालय तथा क्याम्पसमा यौन एवम् प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा दिइने भएपनि खुलेर शिक्षा पाउने स्थिति नरहेको सन्दर्भमा युवा तथा किशोर किशोरीहरूलाई सोही उमेरका किशोर किशोरीहरूबाट दिइने शिक्षासमस्या समाधान गर्न प्रभावकारी हुने भएकाले नेपाल परिवार स्वास्थ्य कार्यक्रमले वर्षमा दुई–तीनपटक यौन र प्रजनन स्वास्थ्यसम्बन्धी विभित्र कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आफ्नो उमेरको वृद्धिसँगै शरीरको अङ्गहरूमा हुने परिवर्तन र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावबाट किशोरीहरू मात्र होइन, किशोरहरूसमेत पीडित हुने गरेका जिल्ला जनस्वास्थ्य कार्यालयका निमित जनस्वास्थ्य प्रशासक सच्चितानन्द सिंहले बताए ।

    कैयौं किशोरले अझै पनि आफ्ना अभिभावक र साथीहरूसँग यौन स्वास्थ्यसम्बन्धी कुरा खुलेर गर्न हिच्किचाउने गरेको बताउ“दै उहाँले यौन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावमा अधिकांश किशोर सुरुसुरुमा हीनताबोधबाट ग्रस्त हुने गरेको उल्लेख गरे ।

पर्सा जिल्लामा परिवार नियोजन, मातृ तथा नवजात शिशु स्वास्थ्य र बालस्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले नेपाल परिवार स्वास्थ्य कार्यक्रम दोस्रो चरणले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी सन् २००८ देखि २०१२ सम्म यस क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
सरकारले सुरक्षित गर्भपतनको व्यवस्था गरेपछि गत साल भन्दा यो वर्ष गर्भपतन गर्न आउनेको सङ्ख्यासमेत वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको रासस खबरमा उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।