तपाईले बिहे गरेपछि श्रीमतीसँग जतिबेला पनि जसरी पनि अनि जे गर्दा पनि सुत्न मिल्छ या त उसले मैले भनेको मान्नैपर्छ भनेर सोच्नु भएको छ । त्ससो भए यस्तो सोचाई आजैदेखि त्यागी दिनुहोस नत्र प्रहरी खोरमा पुग्नुपर्ला नि ।
घटना मकवानपुरमा भएको दुई दिन अगाडीको मात्रै हो । श्रीमतीले नचाहँदा नचाहँदै श्रीमानले करणी गरेपछि अन्ततः श्रीमान जेल जान बाध्य हुनु परेको छ ।
मकवानपुरका रामप्रसाद दर्जीले पत्नीलाई जबरजस्ती करणी गरेपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
उनलाई अदालतले धरौर्टी लिई चार हजार धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको थियो । तर उनले सो चार हजार तिर्न नसकेपछि थुनामा राखिएको हो ।
श्रीमतीलाई ज्वरो आएको अवस्थामा श्रीमानले जबरजस्ती शारिरीक सम्बन्ध राखेपछि श्रीमतीले असार ३ गते उजुरी दिएकी छिन् ।
दर्जीले श्रीमतीलाई शारिरीक यातना समेत दिने गरेको खुलेको छ । उनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने गरेको बताइएको छ ।
उनलाई प्रहरीले श्रीमतीको उजुरीको आधारमै असार ४ गते नै प्रक्राउ गरी वैवाहिक बलात्कारको मुद्धा दर्ता गराएको थियो ।