असार ५ – विदेश पठाउन तयार गरिएको पार्शल जस्तै पोको पारेर विदेश लान लागिएको अवस्थामा अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक हुलाकका कर्मचारी रंगेहात पक्राउ परेका छन् ।
विदेश लैजान पार्सल गरी राखेको अवस्थामा फेला परेको करिव आठ किलो लागू औषध चरेससहित हुलाकका कर्मचारी शिवबहादुर सुकानी पक्राउ परेका हुन् ।
उक्त फेला परेको चरेश बैङ्कक हुँदै बेइजिड लैजान अघि त्रिभुवन विमानस्थलमा प्रहरीले पक्रन सफल भएको हो ।
पार्सललाई गोश्वारा हुलाकका प्रतिनिधिको रोहवरमा खोलिने र आवश्यक अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।
Comments