मानिसका चाहना इच्छाहरु पनि ताल तालका हुन्छन् भन्दा फरक नपर्ला । त्यस्तै चीनमा एक जना ८४ वर्षीय वृद्ध भने लिंग परिवर्तन गर्न खोजिरेका छन् ।

उनले लिंग परिवर्तन गर्न खोजेका मात्रै होइनन् ती पुरुषले त लिंग परिवर्तन गर्नकै लागि महिलाको हर्मोन लिएर स्तन समेत बढाइरहेका छन् ।

८४ वर्षीय वृद्ध कियन जिन्फेन नामक ती व्यक्तिले लिंग परिवर्तन गर्ने इच्छाअनुसार केही समयअघिदेखि महिलाको शौचालय समेत प्रयोग गर्दै आएका छन् । उनले आफूलाई १४ वर्षकै उमेरमा महिला हुने इच्छा भएको समेत बताएका छन् ।

उनले १४ वर्षदेखि नै एकान्तमा महिलाले गर्ने व्यवहार प्रदर्शन गर्दै आएपनि ८० वर्ष पुगेपछि मात्र सार्वजनिक रुपमा महिलाको जस्तै व्यवहार देखाउँदै आएकामा उनको परिवार त अचम्ममा परेको छ नै । सम्पूर्ण संसारलाई पनि चकित पार्न सफल भएका छन् ।

यत्तिबेला उनी पूर्ण रुपमा महिलाकै पहिरनमा हिड्न थालेका छन् । उनको पहिर र जिउँडाल समेत चार वर्षसम्म लगातार महिलाको हर्मोन लिएपछि झट्ट हेर्दा महिलाको जस्तै देखिन थालेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।