असार ३ – पाकिस्तानमा आज कार बम विस्फोट हुँदा २६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
अफगानिस्तानसँगको सीमा क्षेत्र नजिकको एक बजारमा उक्त कार बम बिस्फोट गराइएको हो ।

सो कार बम विष्फोटमा मृत्यु हुनेहरु भने अधिकांश बजारमा किनमेल गरिरहेका सर्वसाधारण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख छन् । बिस्फोटपछि बजार बन्द भने छ  ।

विस्फोटक पदार्थले भरिएको कार ब्यस्त बजारमा प्रवेश गरे लगत्तै विस्फोट भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।