असार ३ – यो वर्षको मौसम केही दिन ढिला गरी राजधानी आईपुगेको छ ।  आज राजधानीमा कम घाम लागेको छ, बादलले आकाश ढाकेको छ भने दिउँसो पानी समेत परेको छ ।


आजरातिदेखि देशको पूर्वी सीमा हुँदै यो वर्षको मनसुन राजधानीसम्म आईपुगेको हो ।
मनुसनले पूर्वी नेपालका अधिकांश स्थानमा वर्षा सुरु भएको छ । आज साँझसम्म उपत्यका पुग्ने पानी बोकेको बादल केही दिनमै देशभर छरिने बताइएको छ ।

मौसमविद्हरुका अनुसार यो वर्ष मौसम गत वर्षहरुको तुलनामा कमजोर अवस्थामा आएको र सोही कारण पूर्वी नेपालमा राम्रो हुन सकेको छैन ।


उनीहरुका अनुसार सामान्यतया मनसुन प्रवेश गर्दा ४० मिलिमिटर वर्षा हुनुपर्नेमा पूर्वी पहाडी जिल्लामा आइतबार २० मिलिमिटर भन्दा बढी वर्षा हुन सकेको छैन
नेपालको मनसुनलाई बङ्गालको खाडीले प्रभावित गर्ने गर्छ ।  खाडीबाट आउने वाष्पयुक्त हावा उत्तर पश्चिम बगे मात्र नेपालमा मनसुन सुरू हुन्छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।