जेठ २८ । हृदयघात भएर हस्पिटल भर्ना भएका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाको स्वास्थ्यमा अलिक सुधार आए पनि खतरमुक्त भने नभएको अस्पतालले जनाएको छ ।

नर्भिक इन्टरनेसनल अस्पतालले आज पत्रकार सम्मेलन गरी ८५ वर्षीय अध्यक्ष थापाको शल्यक्रिया गरी पेसमेकर राख्ने काम सफल भएको जानकारी दिएको छ । तर अहिले पनि उनलाई भेन्टिलेटरमै राखिएको छ ।

अस्पतालका डा भरत रावतले शल्यक्रिया गरी पेसमकर जडान गरिएको बताउँदै अध्यक्ष थापाको स्वास्थ्यमा निरन्तर सुधार आएको, रक्तचाप र मुटुको गतिमा पनि सुधार आएको जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।