काठमाडौँ । संविधान विघटनपछि एमाले त्यागेका रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठलगायतका नेताहरू एमालेमै फर्किएका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनीहरू एमालेमै फर्किएको घोषणा गरिएको हो ।
सोमबार नै एमालेले ुघर फर्क राष्ट्रिय अभियानु समेत घोषणा गरेको छ । नेकपा एकीकृत समाजवादी माओवादी केन्द्रसहितका दलसँगको एकतामा गई नेपाली कम्युनिस्ट पार्टी बनाए पनि झाँक्रीलगायतका नेताहरू भने एमालेमै फर्किएका हुन् ।
त्यस्तै महासचिव घनश्याम भूसाल खेमा भने छुट्टै वाम अभियान बनाउने सुरसारमा रहेका छन् ।
Comments

