काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा काठमाडौंबाट पक्राउ परेका छन् ।

कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने उनलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले मंगलबार कपनबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेको पाइएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ । २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

उनी १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा बम विस्फोट गराएको मुद्दामा पहिले पक्राउ परेका थिए । केन्द्रीय कारागारमा रहेका बेला २०७६ सालमा प्रजातन्त्र दिवसको अवसरमा उनी छुटेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।