काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज मेयर पदबाट राजीनामा दिने भएका छन्।
उनले आजै राजीनामा दिने र दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने जनाइएकाे छ । रास्वपा कार्यालयमा उनी पहिलाे पटक उपस्थित हुन लागेका हुन् ।
आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।
०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँको मेयर बनेका बालेन यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा-५ बाट उम्मेदवार बन्दैछन्। झापा ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि लड्दैछन् ।
Comments







