काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखकले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि टिकट पाएनन् । कांग्रेसले कञ्चनपुर–३ मा पूर्वसभापति हरि बोहरालाई अघि सारेको छ ।
यता, कांग्रेसका देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने दाबी गरेका छन् भने थापा नेतृत्वले बाँडेकाे टिकट बाेकेर आफू चुनाव नलड्ने घोषणा गरेका छन्।
उनले भनेका छन् ‘….निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवन भरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा पार्टीका साथीहरू र आम मतदाताको माया, भरोसा र विश्वास मप्रति हुँदाहुँदै पनि यसपटक प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नउठ्ने निर्णय गरेको छु।’
Comments







