टोकियो । जापानमा बसोबास गर्ने नेपालीहरूको जनसंख्या दिनप्रतिदिन बढ्दै जाँदा विभिन्न किसिमका नेपाली व्यवसायहरू पनि फस्टाउँदै गइरहेका छन्।
यसै सन्दर्भमा जापानमा बस्ने नेपाली समुदायका लक्षित गरेर नेपालीहरूको विशेष जमघट हुने टोकियोको मुटु शिन-ओकुबो (Shin-Okubo) क्षेत्रमा परम्परागत, साँस्कृतिक र आधुनिक पहिरनहरू उपलब्ध गराउने उद्देश्यले ‘हाना बुटिक’ सञ्चालनमा आएको छ।
विदेशमा रहेर पनि नेपालीपन, संस्कृति र फेसनलाई आत्मसात गर्न चाहने नेपाली समुदायका लागि हाना बुटिक उपयुक्त गन्तव्य बन्ने विश्वास गरिएको छ। नेपाली समुदायको बाक्लो बसोबास तथा आवतजावत रहने शिन-ओकुबो क्षेत्रमा खुलेको यस बुटिकले नेपाल र नेपालीपनलाई अझ प्रगाढ बनाउने लक्ष्य लिएको छ।
हाना बुटिकमा विशेष रूपमा नेपाली महिलाहरूलाई लक्षित गरी प्रिमियम सिंगापुरे शिफन सारी, सिंगापुरे ड्रेसहरू, बेलायतबाट आयात गरिएका गुणस्तरीय स्वेटरहरू, जापानिज तथा हल्यान्डका लुङ्गीहरूका साथै महिलाहरूका लागि आवश्यक ब्लाउज, कुर्ता–सलवार, लेहेंगा तथा विभिन्न आकर्षक डिजाइनका पहिरनहरू उपलब्ध रहेका छन्। त्यस्तै पुरुषहरूका लागि टी-शर्ट लगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका उच्च गुणस्तरीय कपडा तथा फेसन एक्सेसरिजहरू समेत उपलब्ध रहेको बुटिककी सञ्चालिका मेनुका गुरुङले जानकारी दिएकी छन्।
बुटिकको अर्को विशेषता भनेको नेपाली जातीय तथा सांस्कृतिक पहिचान झल्काउने पहिरनहरूको उपलब्धता हो। यहाँ गुरुङ, मगर, राई, लिम्बू लगायत विभिन्न जातीय समुदायका सांस्कृतिक पोशाकहरू, साथै तेह्रथुमे ढाका तथा अन्य नेपाली ढाका सामग्रीहरू समेत उपलब्ध रहेका छन्। यसले जापानमा रहेका नेपालीहरूलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोडिराख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, ग्राहकहरूको आवश्यकता र रुचिअनुसार डिजाइन अनुसारको सिलाइ सेवा, कुर्ता, लेहेंगा, ब्लाउज तथा अन्य पहिरनहरूको फिटिङ, साइज घटाउने–बढाउने तथा बुटिकसम्बन्धी सम्पूर्ण कार्यहरू समेत गरिने व्यवस्था रहेको छ। गुणस्तरीय सेवा, आकर्षक डिजाइन र ग्राहकमैत्री वातावरणमार्फत नेपाली समुदायको विश्वास जित्ने लक्ष्य बुटिकले लिएको छ।
तीज, दशैं, तिहार, विवाह, व्रतबन्ध तथा अन्य सांस्कृतिक एवं पारिवारिक अवसरहरूका लागि आवश्यक पहिरनहरू एकै स्थानमा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हाना बुटिक नेपाली समुदायका लागि नयाँ आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
विशेष गरी ओकुबो स्टेशनबाट करिब दुई मिनेटको पैदल दूरीमा रहेको तथा NRNA जापानको कार्यालय रहेको भवनको चौथो तलामा अवस्थित यस बुटिक नेपाली समुदायका लागि सहज पहुँचको केन्द्रका रूपमा रहेकाे छ । टोकियो तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि गुणस्तरीय पहिरन, सांस्कृतिक पोशाक तथा फेसन सामग्री खरिद गर्ने भरपर्दो गन्तव्यका रूपमा हाना बुटिकले आफ्नो सेवा सुरु गरेको हो।
हाना बुटिक नेपाली संस्कृति, आधुनिक फेसन र अन्तर्राष्ट्रिय गुणस्तरको सुन्दर संगमका रूपमा नेपाली समुदायमाझ स्थापित हुने सञ्चालककाे विश्वास छ ।








