सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई पहिलो पटक सभामुखको रुलिङ

काठमाडौं । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुख डोलप्रसाद अर्यालले पहिलो पटक रुलिङ गरेका छन्।

यसअघि प्रतिपक्षी दलका सबै सांसदहरुले सभामुखको जवाफ माग गर्दै आएका थिए। त्यसमा सभामुखले अहिलेसम्म रुलिङ नगरेकोमा आज भने सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका हुन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरु उठेर विरोध जनाउँदै रुलिङ गर्न माग गरेका थिए । त्यसपश्चात् सभामुख अर्यालले रुलिङ गरेका हुन् ।

प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखले प्रधनमन्त्रीलाई रुलिङ गरेका हुन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।