यी हुन् ललितपुरका सात संक्रमित

ललितपुर । काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ललितपुरका साता जना रहेका छन् । उनीहरुमध्ये ५ महिला र २ पुरुष जना रहेको रहेका छन् ।

ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेल बस्ने वर्ष २७ को पुरुषमा काेराेना देखिएकाे छ । उनी पेटको आन्द्रामा पानी जमेर उपचार गर्न अल्का हस्पिटलमा पुगेका थिए । त्यस्तै सप्तरी राजविराज घई भई हाल ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेल बस्ने वर्ष ३१ र खोटाङ जिल्ला घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटो बस्ने वर्ष ३४ की महिला पनि कोरोना पोजिटिभ देखिएको छ । दुवै जना अल्का हस्पिटलका स्वास्थ्यकर्मी रहेको जनाइएकाे छ ।

बुधबार थपिएका संक्रमितमा गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँका ६६ वर्षिय पुरुष, महालक्ष्मी नगरपलिका वडा नं. ८ लुभुका २३ वर्षको महिला पनि संक्रमण देखिएकाे छ । ती २३ वर्षिय महिला ज्वरो आई बयोधा हस्पिटलमा चेकजाँच गराउदा कोरोना पुष्टि भएको हो ।

ललितपुर महानगरपालिका वडा नं. २३ हात्तीवनका २४ वर्षिय महिला पनि कोरोना पुष्टि भएको छ । उनी क्यान्सर हस्पिटलका स्वास्थ्यकर्मी रहेका छन् ।

सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केहीलाई पाटन हस्पिटलको कोभिड वाडमा भर्ना गरिएको छ ।

Comments
spot_img

More like this

बालेन सरकारले १५ मन्त्रालय बनाउने

काठमाडौं । अबको अर्को साता देशले बालेन शाहको नेतृत्वमा नयाँ सरकार पाउने भएको छ । उक्त सरकारमा...

चुनावमा पराजयपछि कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा...

हेलिकोप्टर अवतरण गर्ने क्रममा खोटाङमा दुर्घटना

काठमाडौँ । एयर डाइनेस्टी हेलि सर्भिस प्रालिको हेलिकोप्टर खोटाङमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। आज बिहान...