कात्तिक ९ । नेकपा माओवादीले आज उदयपुर जिल्ला बन्द गराएको छ ।
उदयपुरको क्षेत्र नम्बर १ मा बिहान ११ बजे हुने चुनावीसभालाई सम्बोधन गर्न एकीकृत नेकपा-माओवादी अध्यक्ष पुष्पकमल दाहाल उदयपुर जाने भएपछि नेकपा–माओवादीले जिल्ला बन्द गर्न आह्वान गरेका हुन् ।
बन्दका कारण त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ।
प्रचण्ड आउने भएपछि नेकपा माओवादीले कार्यकर्ताहरुले गए राती देखी नै रुखहरु ढालेर सडक अबरुद्ध गराएका थिए ।
हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।




