Friday, August 14, 2026
26 C
Kathmandu
Home मुख्य समाचार सभामुखको असन्तुष्टिले आज पनि बस्न सकेन संवैधानिक परिषद‍् बैठक

सभामुखको असन्तुष्टिले आज पनि बस्न सकेन संवैधानिक परिषद‍् बैठक

काठमाडौं ३० मंसिर । संवैधानिक परिषद‍् बैठक आज पनि बस्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि बोलाएको बैठकमा कोरम नपुगेपछि पुनः स्थगित भएको हो । सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित हुन पुगेको हो ।

यसअघि आइतबार पनि विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा नआएपछि बैठक स्थगित भएको थियो।

परिषदको बैठकका एजेण्डाहरु ४८ घण्टाअघि नै सदस्यहरुलाई उपलब्ध गराइनुपर्ने व्यवस्था भएपनि अध्यक्ष ओलीले त्यसो नगरी मंगलबार सिधै बैठक डाकेको बताइएको छ। बैठकमा सभामुख नजानुको कारण भने नेकपाभित्रको आन्तरिक विवाद रहेको स्रोतको बुझाइ छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।