काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोलामा १०० रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँ कारोबार भैरहेको छ भने तेजावी सुनको भाउ ९१ हजार ८५० रुपैयाँ निर्धारण गरिएको छ ।

तर सोमबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ४ सय रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ९५० रुपैयाँ निर्धारण गरिएको थियो । त्यस्तै आइतबार छापावाल सुन भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ, तेजावी सुन ९२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।