असोज ९ ।  दुवै किड्नी फेल भएका शिव रेग्मीलाई बेल्जियममा बस्ने नेपालीहरुले सहयोग गरेका छन् ।

नेपाली चलचित्र निर्देशक रेग्मीलाई बेल्जियमबाट ८० हजार रुपियाँ उपचारार्थ सहयोग प्राप्त भएको हो ।

५ वर्षदेखि बेल्जियममा रहेकी कलाकार पार्वती अधिकारी अध्यक्ष रहेको चितवन सहायता कोष बेल्जियम ९क्याट०ले ५० हजार र पदम गुरूङ अध्यक्ष रहेको युरो नेपाल कलाकार संघले ३० हजार रुपियाँ मंगलबार रेग्मीलाई हस्तान्तरण गरेको हो ।

रेग्मीलाई यसअघि युकेमा रहेकी ईशा गुरूङबाट प्राप्त ५० हजार रकम चलचित्र पत्रकार संघमार्फत प्रदान गरिएको थियो भने चलचित्र संघबाट एक लाख र चलचित्र विकास बोर्डले पाँच लाख उपचारार्थ सहयोग रकम प्रदान गरिसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।