तलाई म छाड्दिँन भन्दै पत्रकारमाथि कुटपिट

असार २७ । दुई पक्षबीचको झगडाको विषयलाई लिएर पत्रकार दीपक धितालमाथि कुटपिट भएको छ ।

राजधानीको सुकेधारामा दुई पक्षबीचको झगडाको विषयलाई बुझेर आफ्नो डेरामा पुगेका पत्रकार धितालमाथि डेरामै पुगेर सिन्धुपाल्चोक घर भई सुकेधारामा डेरा गरी बस्ने कुमार सिलवालले हातपात गरेको पीडित पत्रकार धितालले बताएका छन् ।

आक्रमणबाट पत्रकार धितालको अनुहारमा चोट लाग्नुका साथै नाकमा समस्या देखापरेको जनाएको छ ।

घटनापछि धितालको नाक तथा मुखमा रगत बगिरहेको फोटो सार्वजनिक समेत भएको छ । उक्त फोटो सामाजिक सञ्जाल तथा अनलाइनहरुमा छ्यापछ्याप्ती भेटिए पनि कसले र कति बेला खिचेको भने खुल्न सकेको छैन ।

सिलवालले तँ पत्रकार होस्, तैले मेरो केसमाथि ध्यान दिएको मैलै थाहा पाइरहेको छु तलाई म छाड्दिँन भन्दै डेरामा आएर हातपात गरेको धितालले बताएका छन् । प्रहरीले दोषीमाथि कारबाही हुने बताएको छ ।

यसैबीच, पत्रकारिता सम्बन्धित विभिन्न संघ संगठनले घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 1 COMMENT

    1. Patrakar pani ta jata malkhu uta dhalku bhayo hola, akhir patrakar ko yo bani sabai lai thaha bhakai kura ho…ani kutai nakhayera ke mithai khanu ta ???

    Comments are closed.