विश्वको सवैभन्दा होचो व्यक्ति रहेको देश भनेर नेपालले नाम कमाएको छ । यस्तै एक मौका आएको छ अहिले तपाई हामीका लागि । तपाई महिला भए त संभव नहोला तर पुरुषका लागि भने त्यस्तै प्रतिस्पर्धाको मौका आएको छ । पक्कै पनि अनुमान गर्नुभएको हुनु पर्छ पुरुष भन्ने वित्तिकै हो ।

 बाँच्नु पर्छ देख्न पाइन्छ भन्ने उखान साँचै चरितार्थ हुदो रहेछ । अहिले विश्वमा सवैभन्दा सानो लिङ्ग भएका व्यक्तिको खोजी भइरहेको छ ।
सवैभन्दा सानो लिङ् हुनेले आइफोन पुरस्कार जित्ने हैन त ?
डेनमार्कको एक वेबसाइटले सानो लिंग हुने पुरुषहरुबीचको प्रतियोगिता आयोजना गरेको छ जहाँ प्रतियोगिता जित्नेलाई एउटा आइफोन पुरस्कार दिइन्छ ।
डेनमार्कको एक वेबसाइटले सानो लिंग हुने पुरुषहरुबीचको प्रतियोगिता आयोजना गरेको छ जहाँ प्रतियोगिता जित्नेलाई एउटा आइफोन पुरस्कार दिइन्छ ।

लिंगको आकार सानो भएका पुरुषहरुमा हुने हिनताबोधलाई कम गर्नका लागि तथा सानो लिंगधारी पुरुषहरुमा आत्मविश्वास भरेर पुरुषत्व अभिवृद्धिका लागि यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दाबी छ ।

प्रतियोगितामा भाग लिन चाहने पुरुषहरुले Singlesex.dk नामक वेबसाइटको ठेगानामा आफ्नो उत्तेजित भएको लिंगको तस्वीर र त्यसको नाप समेत पठाउनुपर्नेछ ।

यसरी लिंगको तस्वीर प्राप्त भएकाहरुमध्येबाट सबैभन्दा सानो लिंग भएकालाई विजेता घोषित गरिनेछ । सबैभन्दा सानो लिंग हुनेलाई पुरस्कार स्वरुप आइफोन दिइनेछ भने दोश्रो र तेश्रो हुनेले आइप्याड पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा बढीभन्दा बढि पुरुषले भाग लिने अपेक्षा आयोजकको छ । अहिलेसम्म झण्डै एक दर्जन पुरुषहरुले आफ्नो छोटे लिंगको तस्वीर स्पर्धाका लागि पठाइसकेका छन् ।

प्रतियोगितामा भाग लिनको लागि आफ्नो लिंगको तस्वीर पठाउने अवधि जनवरी ३१ सम्मका लागि तोकिएको छ ।

यौन विज्ञहरुले समेत यस्तो प्रतियोगिताको स्वागत गर्दै यसले सानो लिंगका कारण हीनताबोध पालिरहेका पुरुषहरुमा आत्मविश्वास वृद्धि गर्ने भन्दै लिंग सानो हुँदैमा यौन सन्तुष्टिमा असर नपर्ने बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।