असार २२ – चितवनमा रहेको माओवादी पार्टी कार्यालयमा तीन वटा बम फेला परेको छ । त्यहाँ फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।

एमाओवादी विभाजन भएर दुई वटा पार्टी बनेपछि दुवै पार्टीले दाबी गर्दै आएको कार्यालयमा बम फेला परेको थियो ।

सो बमलाई भरतपुरस्थित नेपाली सेनाको शमशेर दल गणबाट गएको सेनाको बम डिस्पोजल टोलिले निस्क्रिय पारेको हो ।

बम डिस्पोजल टोलिका अनुसार त्यो बम पार्टी कार्यालयको फोहोर फ्याँक्ने ठाउँमा प्रयोग गर्न नमिल्ने अवस्थामा फेला परेको हो ।

त्यहाँ बम देखिएको पछि प्रहरीले सेनालाई खबर गरेपछि त्यहाँ सेनाको टोलि पुगेको थियो ।

एमाओवादी र नेकपा–माओवादीका कार्यकर्ताबीच कार्यालय आफ्नो पक्षमा लिन झडपमा समेत उत्रिएपछि अहिले कार्यालयको जिम्मा भने प्रहरीले लिएको छ ।

केही दिन अगाडी त्यहाँ गोलि समेत चलेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।