प्रहरीले सार्वजनिक गरेको स्केच

जेठ २५ – सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्याराको स्केच आज प्रहरीले  सार्वजनिक गरेको छ ।

हत्याराको हुलीया दाह्री पालेको, गोलो अनुसार, कालो वर्ण खाई लाग्दो शरीर भएको र आर्मी जस्तो कपाल काटेको आफ्नो प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीको बयानको आधारमा तयार स्केच तयार पारिएको हो ।

 प्रहरीले न्यायाधीश बमका हत्याराको विषयमा जानकारी दिनेलाई उचित पुरस्कार दिने समेत भएको छ  ।

प्रहरीले पहिला पल्सर मोटरसाइकल चढ्नेले अहिले पल्सर चढ्न छोडेको, १८ जेठ वरिपरी कोठा सरेको वा सम्पर्कमा नआएको र घटना सम्बन्धी अन्य जानकारी भएर जानकारी दिन अनुरोध गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।