वर्तमान
सरकारका विरुद्ध भोलि विशाल आमसभा गर्न लागेका कांग्रेस एमाले लगायतका
विपक्षी दलहरुले आन्दोलनबाटै सरकार ढाल्ने उदघोष गरेका छन् ।
आमसभाको
आज अघिल्लो दिन कांग्रेस एमालेले राजधानीमा पत्रकार सम्मेलन गरेर भोलिको
आमसभा सरकार र माओवादीको सर्वसत्ताका विरुद्ध मात्र हुने र त्यसपछि थप
आन्दोलनको कार्यक्रम आउने बताएका छन् ।
कांग्रेस
सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति
रामचन्द्र पौडेल लगायतका नेताहरुले भोलिको कार्यक्रमपछि सरकारको गतिबिधि
हेरेर थप आन्दोलनका कार्यक्रम तय गर्ने बताए ।
पत्रकार सम्मेलनमा कांग्रेस सभापति सुशिल कोइरालाले माओवादीलाई सहमतिको बाटोमा ल्याउनका लागि आन्दोलन गरेको बताए ।
पत्रकार
सम्मेलनमा भोलिको आमसभामा कांग्रेसको सुन्धरा, एमालेको भद्रकाली तथा साना
दलहरुले न्यूप्लाजा, नक्साल, लैनचौरलगायतका स्थानबाट जुलुस गरी खुलामञ्चमा
सभामा हुने पनि जानकारी गराइएको छ ।