चलचित्र निर्माता संघले एटीएम फिल्ममा देखाइएका दृष्य र डाइलगहरु अश्लिल भएको भन्दै आपत्ति जनाएपछि निर्देशक नवीन सुब्बाले त्यसलाई अस्वीकार गरे । उनले के भने त चलचित्र निर्माता संघको चिठीलाई हेरौँ न त जस्ताको तस्तै–
नवीन सुब्बा
“फिल्ममा यस्ता समस्या आउँछन्। संसारले भोगेको यस्तो समस्या नेपालमा पनि देखिन थालेको हो। फिल्ममा जे भइरहेको छ, त्यो सही होइन। तर, त्यसो भन्दैमा संघलाई फिल्ममाथि रोक लगाउने अधिकार पनि छैन। 
निर्माता संघले आचार संहिता बनाएको छ भने त्यसभित्र यो फिल्म परेको छ कि छैन हेर्ने हो। उल्लंघन गरेको ठहर भए कारवाही गर्नु उचित हुन्छ, त्यो पनि आफ्नो सदस्यको हकमा मात्र।
फिल्मकर्मीले स्वतन्त्रताको गलत प्रयोग गरे। नियन्त्रणको लोकतान्त्रिक विधि भएन। निर्माता संघ जस्तो अमुक संस्थालाई फिल्म निषेध गर्ने अधिकार छैन। राज्यले निश्चित हल छुट्याएर, वयस्कका लागि मात्र देखाउने व्यवस्था गर्न सक्छ। संसारभर यस्तै नियम बढी प्रचलनमा छ। 
नेपालमा पनि रोक्नेभन्दा व्यवस्थित गर्ने नीति आवश्यक देख्छु। असल र खराब फिल्म बनाउने बीचमा द्वन्द्व सधैं हुन्छ। समाजलाई नै अराजकतातर्फ लैजाने काम गर्नेलाई औंला त ठड्याउनै पर्छ। तर, सही र गलत छुट्याउने काम दर्शकको चेतनामा भर पर्छ।”
गएको शुक्रबार निर्मातासघंले लेखेको चिठी तल प्रस्तुत गरिएको छ – 
नागरिक दैनिकबाट
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।