पछिल्लो समय नेपाली चलचित्रले समाजप्रति उत्तरदायीताको बाटोलाई लात हानेर अघि बढेका छन् । यतिसम्म कि ती केही चलचित्रहरु सँगै परिवार बसेर हेर्नै नसकिने दृश्यका साथै शब्दहरु त्यहाँ जबरजस्ती खादिएका छन् ।
त्यसैको पछिल्लो परिणाम चलचित्र एटिएमलाई पनि लिन सकिन्छ । पोर्न चलचित्रमा झैं यौनका दृश्य र छाडा शब्द राखेर बनाइएको छ एटिएम  ।

यसरी नेपाली चलचित्रहरु छाडाको बाटो दगुरेपछि भने चलचित्र निर्माता संघले पनि केही रुपमा भए पनि चासो देखाउन खोजेको छ ।

चलचित्र एटिएमका निर्मातालाई निर्माता संघले ४८ घण्टा भित्र लिखित स्पष्टिकरण सहित उपस्थित हुन पत्र समेत काटेको छ ।

एटिएम चलचित्रको प्रोरोमोले नेपाली फिल्म उधोग र यसमा काम गर्ने फिल्मकर्मीको अपमान भएको भन्दै संघले अल्टिमेटम दिएको हो ।शुक्रबार बसेको संघको बैठकले सञ्चारमाध्यममा छरिएको सो फिल्मको प्रोमो तथा गीतले संघको ध्यानाकर्षण गराएको भन्दै एटिएम फिल्मका ति सामाग्रीलाई किन रोक लगाउने लगाउने भन्ने बारे निर्माता स्वयं उपस्थित भई लिखित चित्त बुझ्दो स्पष्टिकरण दिन भन्दै पत्र काटेको हो ।

निर्माताले चित्त बुझ्दो स्पष्टिकरण नदिएका संघले ति निर्मातालाई साधारण सदस्यबाट निष्काशित गरि फिल्म रिलिजमा प्रतिबन्ध लगाउने बताएको छ ।

त्यो चलचित्रको बाहिर बजारमा आएको प्रोमो हेर्नुहोसतर यसभन्दा अगाडी भने गालि गलौचका साथै पोर्न भिडियो जस्तै प्रोमो बाहिर आएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।