बलिउड नायिका इशा देवलको बिहे भएको छैन तर उनलाई हनिमुनको हतारो बढ्न थालेको छ ।
भारतिय व्यापारी प्रेमी भरत तख्तनीसँग गत १२ जुलाईमा इन्गेजमेन्ट गरेकी इशाले विवाहको मिति नतोकिँदै हनिमुन जाने हतारो गरेकी छन्।

‘विवाहको तयारी पनि भइरहेको छ,’ उनले ट्विटरमा ट्विट गरेकी छन्, ‘तर पनि हनिमुनका लागि पर्खने धैर्यता ममा छैन।’

भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले जुलाईमा विवाहको तयारी गरिरहेको छ तर इशाकी सदावहार नायिका आमा हेमा मालिनीले यो कुरालाई अस्वीकार गरेकी छन्। हेमाले जतिसक्दो चाँडै नै आफ्नो छोरीको विवाह गरिदिने चाहना राखेकी छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।