चिनारी :

सिर्जनशिल युवा पत्रकार समुह, नेपाल
मानविकी क्याम्पस आर.आरमा पत्रकारिता विषयमा विभिन्न तहमा अध्ययनरत 
विद्यार्थीहरुद्दारा गठित एउटा संस्था हो । यस समुहद्दारा पत्रकारिताका
विभिन्न विषयवस्तु माथि अध्ययन तथा छलफल हुने गर्दछ ।  यस समुहद्दारा हरेक
शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म आरआर कलेजमा मिडियाका विभिन्न विषयमा
सोही क्षेत्रका सम्बन्धित व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम
हुने गर्दछ । कलेजमा पत्रकारिता विषयमा अध्ययन भएपनि व्यवहारिक कुराको कम
ज्ञान हुने भएकाले यसै क्षेत्रमा काम गरिरहेका अनुभव प्राप्त अग्रज
व्यक्तिहरुसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गर्दा पत्रकारिताका
विद्यार्थीलाई थप टेवा पुग्ने भएकाले यस समुहद्दारा हरेक शनिबार बिदाको दिन
अन्तरक्रिया कार्यक्रम राखिएको हो । हाल यसै समुहद्दारा शैक्षिक रेडियो
टियू एफ.एम १०७ मेगाहर्जमा रेडियो यस समुहको संयुक्त प्रयासमा प्रत्येक
बुधबार  बिहान एक साहित्यिक कार्यक्रम उत्पादन तथा प्रसारण हुँदै आएको छ ।


सिर्जनशिल
युवा पत्रकार समुहको साप्ताहिक अन्तक्रिया कार्यक्रम अन्तर्गत २१ औँ
श्रृंखलामा कान्तिपुर टेलिभिजनका समाचार प्रमुख तिर्थ कोइरालासँग
टेलिभिजन
पत्रकारिताका विषयमा गरिदैँ ।

यसअघिको २० औँ श्रृंखलामा न्युज२४ का न्युज
कोअर्डिनेटर प्रेम बानिया
सँग टेलिभिजन पत्रकारिताकै विषयमा अन्तरक्रिया
कार्यक्रम गरिएको थियो ।

सिर्जनशिल युवा पत्रकार समुहको साप्ताहिक
अन्तक्रिया कार्यक्रम अन्तर्गत १६ औँ श्रृंखलामा अन्नपूर्ण राष्ट्रिय
दैनिकका फिचर प्रमुख डा. प्रदिपराज भट्टराई
सँग पत्रकारिताका विद्यार्थी
फिचर लेखन विषयमा छलफल गर्दै ।


सिर्जनशिल युवा पत्रकार समुहको साप्ताहिक अन्तक्रिया कार्यक्रम अन्तर्गत छलफल गर्दै पत्रकारिताका विद्यार्थीहरु ।


सियुपसको साप्ताहिक अन्तरक्रिया कार्यक्रम अन्तर्गत १३ औँ श्रृंखलामा
वातावरण पत्रकारिताको विषयमा छलफल हुँदै
। सो कार्यक्रममा नेपाली
सञ्चारमाध्यमहरूले वातावरण परिवर्तनका विषयमा उठाउनै पर्ने विषयहरू पनि
उठाउन नसकेको वक्ताहरूले औल्याएका थिए ।

सियुपसको साप्ताहिक अन्तरक्रिया कार्यक्रम अन्तर्गत १३ औँ श्रृंखलामा वातावरण पत्रकारिताको विषयमा छलफल हुँदै ।

वातावरण र वातावरण पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने
वक्ताहरूले जलवायु परिवर्तन, जलस्रोत, वन्यजन्तु, तथा वन जङ्गल लगायतका
विषयहरूमा नेपाली सञ्चारमाध्यमले उठाउनै पर्ने खालका विषयहरू पनि उठाउन
नसकेको जनाउनु भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार वातावरण समुहका महासचिव तथा सञ्चारकर्मी सुबोध
गौतम
ले नेपालमा वातावरणका सम्बन्धमा  नयाँ अध्ययन अनुसन्धान नै नभएकाले
समाचार सङ्कलन गर्दा पुरानै तथ्याङ्कहरूको प्रयोग गर्नु परिरहेको बताउनु
भएको हो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले नेपालमा वातावरण
पत्रकारितालाई सञ्चारमाध्यमहरूले नै पछाडी पारेको बताउनुभयो ।

कार्यक्रमका सहभागीहरु कार्यक्रमको अन्त्यपछि फोटो खिच्दै ।

उहाँहरूले सञ्चारमाध्यमहरूले राजनीतिक विषयलाई मात्रै महत्व दिएर जलवायु
परिवर्तन जस्ता महत्वपूर्ण विषयहरू पछाडी पारिएको औल्याउनु भएको थियो ।
+

सर्जनशिल
युवा पत्रकार समुहको साप्ताहिक अन्तक्रिया कार्यक्रम अन्तर्गत १० औँ
श्रृंखलामा बोल्दै आर आरका क्याम्पस प्रमुख गोपालचन्द्र पोखरेल ।
समुहको १० औँ साप्ताहिक श्रृङ्खला अन्तर्गत
राजधानीको नेपाल रत्नराज्यलक्ष्मी क्याम्पसमा भएको  सो
कार्यक्रममा प्राध्यापक, पत्रकारिता पेशामा संलग्न शिक्षक, सञ्चारकर्मी तथा
विद्यार्थीहरूबीच पत्रकारिताको विगत  वर्तमान र भविष्यका बारेमा
अन्तरक्रिया भएको थियो । कार्यक्रममा बोल्ने सञ्चारक्षेत्रसँग सम्बन्धित
विभिन्न व्यक्तित्व तथा प्राध्यापकहरूले पत्रकारिताको दिशा  नै परिवर्तन
गरेर अघि बढ्न आवश्यक रहेको औल्याउनु भएको थियो । उहाँहरूले जनताको
आवश्यकता र रुचि अनुरुप सञ्चारमाध्यम चल्न नसकेको बताउनु भयो । कार्यक्रममा
रत्नराज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख गोपालचन्द्र पोखरेलले
सञ्चारमाध्यमले राजनीतिक विषय मात्रै समाचार हो भन्ने जस्तो बनाएर अन्य
मुख्य–मुख्य विषयलाई उठाउन नसकेको बताउँदै सञ्चारमाध्यमले सही सुचना
सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो भने सहायक क्याम्पस प्रमुख भवानचन्द्र
ज्ञवालीले वर्तमान देशको अवस्थाका बारेमा चर्चा गर्दै चारैदिशा आँखा लगाएर
काम गर्नुपर्ने बताउनु भयो । यस्तै पत्रकारिता केन्द्रीय विभाग प्रमुख
प्रवलराज पोखरेलले पत्रकारिता अध्ययन गर्ने विद्यार्थीले आफ्नो व्यक्तिगत
जिवन नै गुमाएर काम गर्नुपर्ने बताउँदै नेपालमा पढाई नै छैन, सबै क्षेत्र
राजनीतिले खत्तम नै पा¥यो भनेर हतोत्साहित हुनैपर्ने अवस्था नरहेको बताउनु
भयो । उहाँले जेमा पनि बोलेर होइन गरेर देखाउनु पर्नेमा जोड दिनुभयो ।


सिर्जनशिल युवा पत्रकार समुहको साप्ताहिक अन्तक्रिया कार्यक्रम अन्तर्गत १० औँ श्रृंखलामा सहभागी शिक्षकवर्गहरु ।

कार्यक्रममा पत्रकारिता प्राध्यापन पेशामा
संलग्न डा. अच्युतबाबु कोइराला, प्रकाश आचार्यलगायतका व्यक्तित्वहरूले
नेपालमा रिसर्च गर्ने परिपाटी नभएको भन्दै मिडिया रिसर्चको आवश्यकतामा जोड
दिनुभयो । उहाँहरूले नेपालमा खोज पत्रकारिताको विकास नभएको भन्दै दुःख समेत
व्यक्त गर्नुभयो । यसैगरी, कार्यक्रममा बोल्ने अन्य व्यक्तित्वहरूले
पत्रकारिता पनि आधुनिकतातिर गइसकेकाले यसको दिशा परिवर्तन गर्न अतिआवश्यक
रहेको बताउँदै मानव रुचि अनुसारको समाचार दिनु पर्नेमा जोड दिएका थिए । सो
कार्यक्रमको उद्घोषण लुइटेल दिनेशले गर्नु भएको थियो । कार्यक्रममा
संस्थाको बारेमा शशिकला हुमागाईले परिचय दिनु भएको थियो भने विगतदेखिकै
साप्ताहिक कार्यक्रममको समिक्षासहित सोभिता रिसालले जानकारी गराउनु भएको
थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।